डिआइडी विजेता तेरिया मगर फिल्म खेल्दै

चर्चित भारतीय डान्स रियालिटी शो ‘डिआइडी लिटिल च्याम्प ३’को उपाधि जितेकी नेपाली चेली तेरिया मगरले फिल्म खल्ने भएकी छन् ।

उनलाई फिल्म ‘पटुकी’का निर्देशक म्याक टेन कालुले नेपाली फिल्ममा भित्र्याउन लागेका हुन् । स्रोतका अनुसार ‘मायाको मोल’ नामक फिल्ममा तेरिया बिना पारिश्रमिक अनुबन्धित भएकी हुन् । कालुले निर्देशन गर्ने फिल्मले १६ वर्षका युवायुवतीको कथा प्रस्तुत गर्नेछ ।

फिल्मको छायाँकन अशोजदेखि सुरु हुनेछ । २०१४ मा उपाधि जितेपश्चात तेरिया विदेशका बिभिन्न स्टेज कार्यक्रम र भारतका अन्य डान्स रियालिटी शोमा व्यस्त छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha