‘छक्का पन्जा ३’ र ‘जय भोले’को होला फाइनल खेल ?

यो वर्षको दशैँ नेपाली फिल्म क्षेत्रका लागि विशेष छ । कारण: यो मितिमा दुई ठुला फिल्म रिलिज हुँदैछन् । दीपाश्री निरौला निर्देशित ‘छक्का पन्जा ३’ र अशोक शर्मा निर्देशित ‘जय भोले’ले दशैँमै आउने घोषणा गर्दा फिल्म क्षेत्रको ध्यान दशैँमै छ ।

रोचक कुरा त के छ भने, यी दुवै फिल्मले दशैँमा आउने बताएता पनि कुन डेटमा आउने ? त्यो तय गर्न सकिरहेका छैनन् ।

यदि यी दुई फिल्म जुधेको खण्डमा सम्भवत: वर्षकै ठुलो भिडन्त हुनेछ । केहि दिन अगाडी ‘जय भोले’ले गीत रिलिज गर्दै दशैँमै आउने दावी गरेको थियो । निर्देशक शर्माले दुई पक्षिय कुरा भैरहे पनि दशैँमा ‘जय भोले’ हेर्न तयार हुन दर्शकलाई आग्रह गरेका थिए । उनको भनाईले दशैँबाट ‘छक्का पन्जा ३’ पछी हट्न सक्ने र ‘जय भोले’ सोलो रिलिज हुने प्रष्ट बुझ्न सकिन्थ्यो ।

अब कुरा गरौं ‘छक्का पन्जा ३’को, यो फिल्म अहिले छायाँकनरत छ । यसका अघिल्ला दुई भाग बक्स अफिसमा ब्लकबस्टर छन् । सबैभन्दा ठुलो ब्राण्ड भ्यालु बोकेको ‘छक्का पन्जा ३’ यसै पछाडी सर्छ जस्तो लाग्दैन ।

निर्देशक दीपाश्री निरौलाले विश्वकपको फाइदा उठाउँदै घुमाउरो पारामा ‘जय भोले’सँग ‘छक्का पन्जा ३’को फाइनल हुने संकेत दिएकी छन् । उनले सामाजिक संजाल इन्स्टाग्राममा आफ्नो टिमको फोटो शेयर गर्दै ‘हाम्रो फाइनल दशैँ’मा क्याप्सन दिएकी छन् ।

 

हाम्रो फ़ाइनल दशैमा

A post shared by Deepa Shree Niraula (@deepashreeniraula) on

यसबाट के अनुमान लगाउन सकिन्छ भने ‘छक्का पन्जा ३’ ‘जय भोले’सँग जुध्न तयार छ । के ‘जय भोले’ले फाइनल खेल्ने आँट गर्ला त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha