‘चार्लिन च्याप्लिन २’ नेपालमा, किन आए त ?

चार्ली चाप्लिन २’को नामले चर्चा कमाएका राजन कुमार नेपाल आएका छन् । दोस्रो चार्ली चाप्लिनको रुपमा ४ हजार शोज र १२ हजार घण्टा लाइभ प्रस्तुति गरेर गिनिज बूक र लिम्का बूकमा विश्व रेकर्ड राखेका उनि, आफु अभिनित फिल्म ‘नमस्ते विहार’को प्रमोसनमा नेपाल आइपुगेका हुन् । उनले अभिनयमा डेब्यु गरेको फिल्म ‘शेहर मसीहा नही’ थियो ।

‘नमस्ते विहार’को बारेमा बोल्दै उनले नेपाली फिल्म क्षेत्रसँग लिंकअप राख्नु पनि मुख्य योजना रहेको बताए । ‘यो फिल्मले विशेष गरि पत्रकारिता क्षेत्रमा आवद्द व्यक्तिहरु छोएको छ । मेरो भूमिकाको बारेमा भन्नु पर्दा, फिल्ममा मेरो नाम ‘डब्लु’ छ । जो जाँगरिलो, निडर र राम्रो सोचाइको व्यक्ति हुन्छ । कुनै नराम्रो संगतले उ अपराध गर्दै माफिया समेत बन्न पुछ । तर, पनि उसले आफ्नो नैतिकतालाई बिर्सेको हुँदैन । जसको कारण उसलाई मान्छेले सम्मान गर्न छोड्दैनन ।’ उनले भने ‘मेरो भूमिकाले पक्कै पनि मनोरंजन दिनुका साथै समाजमा केहि शिक्षा पनि दिनेछ ।’

फिल्ममा राशी सिन्हाले हिरोइनको रुपमा मुख्य भूमिका निर्वाह गरेकी छन् । उनि फिल्ममा क्राइम रिपोटर्सको भूमिकामा छिन् । राजनले नै निर्माण गरेको फिल्मलाई लक्ष्मण सिन्हाले निर्देशन गरेका हुन् । राजनले दोस्रो फिल्म ‘चार्ली १८० डिग्री’ पनि निर्माण गर्दैछन् ।

पद्माश्री अवार्डका लागि मनोनित भएका उनले आफ्नो कलाकारिता मार्फत थुप्रै अवार्ड र सम्मान पाएका छन् । विशेष गरि डेब्यु फिल्म ‘नमस्ते विहार’का लागि नेपाल आइपुगेका उनले आफ्नो आगामी सिनेमा पनि यतै छायाँकन गर्ने घोषणा गरे ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha