राष्ट्रियसभामा कोमल वलीको कार्यकाल ४ वर्ष

राष्ट्रियसभा सदस्यमा संचारकर्मी/गायिका कोमल वलीको कार्यकाल चार वर्ष हुने भएको छ । गोलाप्रथा मार्फत उनको कार्यकाल टुंगो लागेको हो ।

वली प्रदेश नम्बर ५ नेकपाबाट राष्ट्रियसभा सदस्यमा छिन ।

अहिले संघीय संसद भवनको ल्होत्से हलमा राष्ट्रियसभा सदस्यहरु वर्णानुक्रम अनुसार गोला तान्नमा व्यस्त छन् । गोलाप्रथा मार्फत राष्ट्रियसभाका सबै सदस्यको कार्यकाल टुंगो लाग्नेछ ।

५९ मध्ये १९ जनाको कार्यकाल २ वर्षको हुनेछ भने अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष गोलाप्रथाबाट तय हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha