‘कायरा’ रिलिज अगावै आर्यनलाई तनाव

अभिनेता आर्यन सिग्देललाई आफुले निर्माण गरेको फिल्म ‘कायरा’ले तनाव दिएको छ । पहिलो पटक फिलिपिन्समा छायाँकन गरिएको गीतका केहि दृश्य हार्डडिक्सबाट उडेपछी आर्यनलाई तनाव भएको हो ।

पहिलो पटक सम्राज्ञी राज्यलक्ष्मी शाहसँग स्क्रिन शेयर गरेका आर्यनको यो फिल्म प्रतिक्षितको लिस्टमा छ । लक्ष्मण रिजाल निर्देशित फिल्मलाई साउन १८ गते रिलिज गर्ने लक्ष्य राखीएपनि फिल्मको फुटेज डिलिट हुँदा फिल्मको रिलिज अन्योलमा छ ।

निर्माण पक्षले पहिला गीत रिलिज गर्ने योजना बनाएको थियो । अब गीतको फुटेजनै उडेपछि ट्रेलर सार्वजनिक गरेर प्रचार सुरु गर्ने मनसायमा ‘कायरा’ टिम पुगेको छ ।

निर्देशक रिजालका अनुसार पुन: फिलिपिन्स पुगेर केहि दृश्य छायाँकन गर्न सकिने बताइएको छ ।

‘कायरा’मा आर्यनले साम्राज्ञीलाई १० लाखमा अनुबन्धित गरेसँगै फिल्मको चर्चा चुलिएको थियो । चकलेटीमा रुचाइएका आर्यन र क्युटी साम्राज्ञीको जोडीलाई रुचाइने फिल्मी मार्केटमा अड्कलहरु काटिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha