मरिश्काको निर्देशनमा ‘मेरो प्राण तिमि नै’ (भिडियो)

फिल्म ‘के म तिम्रो होइन र ?’बाट डेब्यु गरेकी अभिनेत्री मरिश्का पोखरेलले आफुलाई म्युजिक भिडियो अभिनयमा व्यस्त राख्छिन् ।

पछिल्लो समय फिल्मसँगै म्युजिक भिडियोमा व्यस्त मरिश्काले आफ्नो परिचयलाई थप फराकिलो बनाउदै छिन् । केहि समय अगाडी गायक मुरारी गुरागाँईको एक गीतको भिडियो निर्देशन गरेकी मरिश्काले नयाँ म्युजिक भिडियो तयार पारेकी छन् ।

विपी वाग्लेको गायन र संगीतवद्द ‘मेरो प्राण तिमि नै’ गीतमा मरिश्काले निर्देशन कलासँगै अभिनय पनि पस्केकी छन् । होम न्यौपानेको शब्दमा बनेकी गीतमा मरिश्कासँगै दृश्य सुवेदीको अभिनय छ ।

मिसन इन्टरटेन्मेण्ट प्रालिले निर्माण गरेको म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन, नविन भाट्टको सम्पादन छ । भिडियो मिसन इन्टरटेन्मेण्टको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha