फेरी चम्किए सलमान, ‘रेस ३’ कमाई यति

खराब समिक्षाका वावजुत सलमान खानको ‘रेस ३’ले बक्स अफिसमा तहल्का पिटेको छ । यसले पहिलो विकेन्डमै १ सय ६ करोड ४७ लाख कमाई गर्न सफल भएको छ ।

‘रेस ३’ले घरेलु बक्स अफिसमा मात्र तीन दिनमै सय करोड माथिको व्यापार गर्न सफल भएको हो । पहिलो दिन २९.१७ करोड, दोस्रो दिन ३८.१४ करोड र तेस्रो दिन ३९.१६ करोडको व्यापार गर्दा सलमानको स्टारडम चर्चा अझ चुलिएको छ । सलमान बलिउड बक्स अफिसका बादशाह मानिन्छन ।

सन् २०१० पश्चात सलमानका रिलिज कुनै पनि फिल्मले सय करोड भन्दा कम व्यापार गरेका छैनन् । उक्त सालमा सलमानको ‘दबंग’ सय करोड क्लबमा इन्ट्री भएको थियो । ‘रेस ३’ सलमानको १३ औँ फिल्म हो, जो सय करोड क्लबमा समावेश भयो । यसअघि रिलिज भएको सलमानको ‘टाइगर जिन्दा हे’ले ३ सय ३८ करोड भन्दा बढी कमाई गरेको थियो ।

रेमो डिसुजा फिल्ममा सलमान खान, अनिल कपूर, जाक्लिन फर्नान्डिज, बबी देवल, डेजी शाह सकिब सलीम, फ्रेड्डी दारुवाला लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha