आफ्नै फिल्म प्रचारमा सलोनको समय छैन !

असार २९ गते नायक सलोन बस्नेत अभिनित फिल्म ‘बाबु कान्छा’ प्रदर्शनमा आउँदैछ । पिता शोभित बस्नेतले निर्देशन गरेको फिल्ममा सलोन शिर्ष भूमिकामा प्रस्तुत भएका छन् भने प्रेमिका करिश्मा श्रेष्ठ अपोजिटमा प्रस्तुत भएकी छन् ।

‘बाबु कान्छा’ को प्रदर्शन मिति नजिकिंदै गर्दा बाबु कान्छा भने प्रचार प्रसारमा छैनन् । फिल्म ‘यात्रा’ छायाँकनका लागि सलोन यतिबेला सोलुमा छन् । बुझिए अनुसार ‘यात्रा’को छायाँकन तत्काल सकिने छैन्, केही साता लाग्नेछ । सुटिंग नसकिएसम्म सलोन आफ्नो फिल्मको प्रचार प्रसारमा सहभागी हुन असम्भव छ । त्यसैले सलोनका कारण ‘बाबु कान्छा’को प्रचार प्रसार प्रभावित हुने देखिएको छ । टिजर हेर्नुस् :

यसैले शोभित उपलब्ध भएका कलाकार लिएर प्रचारमा हिंड्ने सोचमा छन् । ‘अब मिलाएर गर्छु, सलोन अर्को सातामा आउँछ’, निर्देशक बस्नेत भन्छन् । फिल्ममा सलोन र करिश्मासँगै ऋतिक शाही, सरोज खनाल, निर शाह, सम्राट सापकोटा लगायतको अभिनय छ । फिल्मको ट्रेलर यसै साता सार्वजनिक हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha