‘नेपाली फिल्म खेल्ने कुरा झुठो’ : तेरिया मगर

भारतीय डान्स रियालिटी शो ‘डिआइडी सिजन ३’ विजेता तेरिया फौंजा मगरले नेपाली फिल्म खेल्ने खबरको खण्डन गरेकी छन् । सत्य तथ्य कुरा नबुझी समाचार नबाउंन समेत उनले मिडियालाई आग्रह गरेकी छन् ।

‘पटुकी’ निर्देशक म्याकटेन कालुले निर्देशन गर्ने ‘माया मोल’ नामक फिल्ममा अनुबन्धित भएको समाचार मिडियामा आएपछि तेरियाले आफ्नो फेसबुक मार्फत खण्डन गरेकी हुन् । तेरिया लेख्छिन्, ‘बिभिन्न समाचार माध्यममा आइरहेको भ्रामत्मक समाचार प्रती मेरो ध्यानाकर्सन भयको छ । म आजका दिन सम्म कुनै पनि फिल्म का लागि अनुबन्धित भयकी छैन । साथै म फिल्म खेल्ने तयारिमा पनि छैन । झुटो समाचारले मेरा शुभचिन्तक हरुमा पलायको उत्साह र निरासा प्रती क्षमा याचना गर्न चाहन्छु । सत्य तथ्य कुरा नबुझी समाचार नबनाइदिनु हुन सम्पूर्णलाई अनुरोध गर्दछु ।’

यता कालु भने तेरियासँग फिल्म खेल्ने सम्झौता भैसकेको दाबी गर्छन् । तेरियासँग भएको सम्झौता मिडियामा ल्याउने पनि उनको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha