‘चंगा चेट’को गीत हार्डडिक्सबाट चैट !

फिल्म ‘चंगा चेट’ को गीत बुधबार सार्वजनिक नहुने भएको छ । प्राविधिक गडबडीका कारण फिल्मको बुधबार साढे १ बजेलाई राखिएको प्रेसमिट समेत स्थगित हुन गएको छ । निर्देशक दिपेन्द्र के.खनालले यसबारे क्षमा मागेका छन् ।

‘चंगा चेट’को गीत राखिएको हार्डडिक्स क्र्यास भएपछि निर्माण पक्षले तोकेको समयमा गीत रिलिज गर्न असमर्थ हुँदै प्रेसमिट रोक्न बाध्य भएको हो । ‘हामी फाइल रिकभर गर्ने प्रयासमा छौं’, निर्देशक खनालले दुःखी हुँदै भने, ‘रिकभर भएपछि रिलिज गर्नुपर्ला । हामीलाई घाटा लाग्यो ।’ कार्यक्रम नहुँदा हल भाडा र खाजा खर्च व्यर्थमा खेर गएको छ ।

‘गोजीमा दाम छैन’ बोलको गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, पारमिता राज्य लक्ष्मी शाह, सन्दिप क्षेत्री, सुरक्षा पन्त र रविन्द्र झा फिचरिंग छन् । निर्माता माधव वाग्ले भने फिल्ममा प्रयोग गरिने नक्कली नोट प्रकरणमा पुरपक्षका लागि थुनामा छन् । ‘चंगा चेट’ भदौ १५ गते प्रदर्शन हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha