भोजपुरी स्टार ‘निरहुवा’ सँग निताको रोमान्स

नायिका नीता ढुंगानाले भोजपुरी फिल्म खेल्ने भएकी छन् । नाम सार्वजनिक नगरिएको यो फिल्ममा नीता भोजपुरीका स्टार दिनेशलाल यादवसँग स्क्रिन सेयर गर्न लागेकी हुन् ।

‘निरहुवा’ उपनामले चिनिने भोजपुरी स्टारसँग फिल्मको कथावस्तु मन परेकाले काम गर्न तयार भएको नीताको भनाई छ । भोजपुरी फिल्ममा नीताले आफ्नो भूमिका बलियो भएको बताएकी छन् । फिल्मको छायांकन नेपाल र भारतमा हुनेछ ।

नीताले बलिउडका चर्चित कमेडियन कलाकार राजपाल यादवसँग ‘करोडपति’ मा काम गरेकी छन् । यसमा नेपाली नायक आर्यन अधिकारीको पनि भूमिका छ । भोजपुरी फिल्ममा विराज भट्ट स्थापित नायक हुन् ।

विराजसँगै रेखा थापा, आयुष रिजाल, सविन श्रेष्ठ लगायतले भोजपुरी फिल्ममा काम गरेका छन् । कस्तो होला त नीताको भोजपुरी फिल्ममा डेव्यु ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha