असार २९ मा ३ को प्रतिस्पर्धा, कसलाई फाप्ला ‘ब’ ?

यो असार २९ गते तीन नेपाली फिल्महरु प्रदर्शनमा आउँदैछन् । तीन फिल्मले व्यापार कस्तो गर्लान् ? त्यो रिलिज पछि थाहा हुनेछ । तर सँगै लाग्ने यी तीन नेपाली फिल्मबिच रमाईलो संयोग जोडिएको छ ।

असारको अन्तिम शुक्रबार रिलिज हुने नेपाली फिल्मको नाम एउटै अक्षरबाट सुरु भएका छन् । ‘बिरंगना’, ‘बाबु कान्छा’ र ‘बोबी’ को अगाडी साझा शब्द ‘ब’ छन् । एकै दिन रिलिज हुने फिल्मको यस्तो संयोग पर्नुलाई रमाईलो तबरले हेरिएको छ । अगाडीको अक्षर एउटै भएतापनि फिल्मको विषय र प्रस्तुती भने भिन्न भिन्न छन् ।

शिल्पा पोखरेल स्टारर ‘बिरंगना’ एक्सन लभ स्टोरी फिल्म हो भने सलोन बस्नेतको ‘बाबु कान्छा’ युवा लभ स्टोरीमा आधारित छ । यस्तै बोबी कविता गुरुंग र उमेश थापाको वास्तविक प्रेम कथामा आधारित छ । ‘बिरंगना’, ‘बाबु कान्छा’ र ‘बोबी’ मध्ये दर्शकको साथ कुन फिल्मलाई देलान् त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha