मुनालाई पाउन रोमियोले कान काटे ! (प्रोमो)

साउन ११ गतेदेखि प्रदर्शनमा आउने  फिल्म ‘रोमियो एण्ड मुना’को ट्रेलर गरिएको छ । प्रोमोमा फिल्मका शिर्ष पात्र विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको झगडा र प्रेमलाई महशुस गर्न सकिन्छ । प्रोमोको अन्तिममा मुनाको माया पाउँन रोमियोले आफ्नो कान काटेका छन् । ट्रेलर हेर्नुस् :

‘रोमियो एण्ड मुना’ लाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । यसअघि उनले ‘डाइङ क्यान्डल’ फिल्म निर्देशन गरेका थिए, जसले निकै राम्रो प्रशंसा पाएको थियो । निर्देशक केसीको दोश्रो फिल्ममा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरी लगायत कलाकाररुको अभिनय छ । प्रोमोमा सुस्मा टु पिसमा निकै बोल्ड रुपमा प्रस्तुत भएकी छन् भने सुरक्षा र प्रज्जवलको केही झलक मात्रै छ ।

फिल्म ‘रोमियो एण्ड मुना’ लाई प्रशन्नमान गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य मिलेर बनाएका हुन् । निर्देशक केसीको पटकथा रहेको फिल्ममा निरोज महर्जनले केसीलाई संवाद लेख्न सघाएका छन् । विनय रेशम फिलिली र सृष्टि गाजलु पछि रोमियो एण्ड मुना मार्फत दर्शकमाझ आउन लागेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha