अनुपको ‘पुरानो बुलेट’मा बर्षा र माला बस्ने

फिल्म ‘पुरानो बुलेट’ को औपचारिक निर्माण घोषणा गरिएको छ । फिल्ममा नायक अनुप विक्रम शाही, नायिकाद्वय वर्षा सिवाकोटी र माला लिम्बुको प्रमुख भूमिका रहनेछ । फिल्म निर्देशन भिषण राईले गर्दैछन् । उनले लामो समयदेखि पत्रकारिता गर्दै आइरहेका छन् ।

क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने पुरानो बुलेटमा कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयुक्त रुपमा निर्माण गर्नेछन् । फिल्मको कार्यकारी निर्मातामा सन्तोष राई छन् । फिल्ममा कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राई लगायतका कलाकारहरुकोे पनि अभिनय रहनेछ ।

हरि घले लामाको छायांकन, उत्तम जंग लिम्बु र जयन जे. वाइवाकोे संगीत, राजेशपायल राई, मेलिना राई, जयन जे. वाइवा र उत्तम जंग लिम्बुको गायन रहनेछ । फिल्मको कोरियोग्राफर पशसान्त तामाङले गर्नेछन् ।

फिल्मको छायांकन यही असार १५ गतेबाट सुरु हुनेछ । पूर्वाञ्चलका विभिन्न जिल्लाहरुमा ‘पुरानो बुलेट’ को छायांकन हुने निर्देशक भीषण राईले बिहिबार आयोजना गरिएको प्रेसमिटमा बताए । आउँदो मंसिरसम्म फिल्म प्रदर्शन गर्ने लक्ष्य छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha