‘पण्डित बाजेको लौरी’मा बादी र पण्डितको कथा (प्रोमो)

साउन ४ गते प्रदर्शन हुने फिल्म ‘पण्डित बाजेको लौरी’को प्रोमो रिलिज भएको छ । दीपक ओलीले निर्देशन गरेको फिल्मको ट्रेलरमा कमेडी, प्रेम, बदला, आक्रोस, पश्चाताप, द्वन्दका दृश्य अटाइएका छन् । कमेडी फिल्म बाढी आइरहेको बेलामा ‘पण्डित बाजेको लौरी’ भिन्न देखिन्छ ।

हेर्नुस प्रोमो:-

बादी जातिको ‘बादी प्रथा’ र पण्डितहरुको ‘पण्डीत्याई’को विषयबस्तु उठाएको फिल्ममा विजय बराल बादी र सन्ध्या केसी बदिनीको भूमिकामा देखिएका छन् ।

फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।

अधृत फिल्मस् प्रालीको व्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले निर्माण गरेको फिल्ममा महेश दवाडीको कथा/पटकथा/ संवाद, विदुर पाण्डेको छायाँकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल/अमित श्रेष्ठको संगीत छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha