‘तिमी हुन्छौ जहाँ जहाँ’ हेर्न जालान् दर्शक ?

फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ को असार ८, शुक्रबारदेखि अल नेपाल रिलिज भएको छ । लभ स्टोरी फिल्ममा पुर्व मिस नेपाल तथा नायिका मलिना जोशी र नायक मनिष सुन्दर श्रेष्ठ प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् ।

मनिष र मलिनाको तिमी हुन्छौ जहाँ जहाँ ले सोलो रिलिजको मौका पाएको छ । के फिल्मले सोलो रिलिजको फाइदा उठाउँला ? विकास बस्यालको लेखन तथा निर्देशन रहेको फिल्ममा मनिष र मलिनासँगै नायक स्वरुप पुरुष ढकालको अभिनय छ । मनिष र मलिनासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

मदन दवाडीको प्रस्तुती रहेको फिल्ममा प्रकाश बाँस्कोटा कार्यकारी निर्माताको रुपमा रहेका छन् । मनिष र मलिनाले रानी पछि ‘तिमी हुन्छौ जहाँ जहाँ’ सँगै काम गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha