साउन २५ देखि ‘पिरिम पर्या छन्’

कमेडी फिल्म पिरिम पर्या छन्को प्रदर्शन मिति तय भएको छ । निर्देशक पुरन थापाले शुक्रबार फिल्मको फस्र्टलुक पोस्टर सार्वजनीक गर्दै साउन २५ देखि प्रदर्शनमा आउने जानकारी दिएका हुन् ।

निर्देशक पुरनकै लेखन रहेको फिल्ममा दीलिप रायमाझी, जयकिसन बस्नेत, सुवास मेचे,रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला,चाँदनी कोइरालालगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मको पोस्टरमा प्रमुख कलाकारलाई अटाइएको छ ।

माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको पिरिम पर्या छन् बिमल ढकालले खिचेका हुन् । निर्देशक पुरनको नयाँ फिल्म फेरि फेरि निर्माणको अन्तिम चरणमा पुगेको छ । अर्पण थापा र ऋचा शर्मा प्रमुख भूमिकामा रहेको सो फिल्मभन्दा अघिनै पुरनले पिरिम पर्या छन् दर्शकमाझ ल्याउन लागेका हुन् ।

गाउँले परिवेशको समाजीक हाँस्य फिल्मका रुपमा बताइएको पिरिम पर्या छन्का गीतमा बिकास चौधरी र बिनोद भुजेलको संगीत र बाबु बलामीको द्धन्द्ध छ । फिल्मलाई सुनील मानन्धर र रोहित–रत्नले बितरण गर्दैछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha