सुनिललाई मुदस्सरको ‘सुपरस्टार’ बन्ने शुभकामना

भारतका चर्चित कोरियोग्राफर तथा ’डान्स इन्डिया डान्स’का निर्णायक मुदस्सर खानले नेपाली नायक सुनिल क्षेत्रीलाई स्टार बन्न शुभकामना दिएका छन् । फिल्म ’चि मुसि चि’ बाट नेपाली फिल्ममा डेब्यू गरेका सुनिललाई उनका गुरु खानले खुशी व्यक्त गर्दै सफलताको कामना गरेका हुन् ।

एक भिडियो सन्देश छोड्दै खानले ’डिआईडी’ सिजन–४ मा टप टेन सम्म पुगेका सुनिल आफ्नो मनपर्ने प्रतियोगी रहेको बताएका छन् । उनले भनेका छन्, ’सुनिल नेपालको ठूलो सुपरस्टार बन्न जाँदैछ । मेरो तर्फबाट उसलाई धेरै धेरै शुभकामना । तिमी एकदम राम्रो पर्फमर, डान्सर र आर्टिस्ट हौ ।’ भिडियो हेर्नुस् :

उनले ४६ सेकेण्डको भिडियोमा डिआईडीमा सुनिलले देखाएको प्रस्तुतीको पनि खुलेर प्रशंसा गरेका छन् । उनी थप्छन्, ’डिआईडीमा तिमीले आफ्नो फरक पहिचान बनाएका थियौ अब अलग ट्यालेन्ट र स्टारडमबाट आफ्नो पहिचान बनाउँ मेरो शुभकामना छ ।’

बलिउड सुपरस्टार सलमान खानलाई आफ्नो गडफादर मान्ने मुदस्सर खान भारतका टप कोरियोग्राफर मध्येमा पर्दछन् । सुनिल, मुदस्सरलाई आफ्नो गुरु मान्दछन् । गुरुको शुभकामनाबाट आफूलाई ठूलो साहस र उर्जा मिलेको सुनिलले बताए ।

सुनिल स्टारर चलचित्र ’चि मुसि चि’ आउँदो साउन ११ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । यो चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले लेखन तथा निर्देशन गरेका छन् ।

चलचित्रमा सुनिलका साथमा सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha