प्रदीप भन्छन्, ‘सुदर्शन दाईलाई आमाको रुपमा हेर्छु’

नायक प्रदीप खड्काले निर्देशक सुदर्शन थापालाई आमाको उपमा दिएका छन् । निर्माता सन्तोष सेनलाई बुवा भन्दै निर्देशक थापालाई प्रदीपले आमा भनेका हुन् । लामो समयपछि मिडियामा कुरा गर्दै प्रदीपले सुदर्शन थापालाई आफुले आमाको ठाउँमा राखेको बताएका हुन् । सुदर्शन र प्रदीपसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

‘सन्तोष दाई लगानी गर्ने हिसाबले बुवा र सुदर्शन दाई सृजना गर्ने हिसाबले आमा हो । अब आफ्नो आमा चाहिंदैन भन्ने त हुँदै हुँदैन्’, प्रदीप भन्छन्, ‘म जहिले पनि उहाँसँग काम गर्न तयार छु ।’ यता निर्देशक थापा भने प्रदीपसँग भएको भन्दा नभएको कुरा मिडियामा आएको दाबी गर्छन् ।

‘अब मैंले प्रदीपसँग २० लाख माग्यो रे भन्ने कुरा बाहिर आउँदा चाहिं मन दुखेको थियो’, सुदर्शनले चित्त दुखाउँदै भने, ‘ठट्टा गर्दै भनेको कुरालाई पनि सत्य बनाएर कुरा बाहिर आएछ ।’ यो कुरालाई प्रदीपले सोच एउटा तर प्रस्तुती भिन्न भएको बताए । उनले कुनै गल्ती भए क्षमा पनि मागे ।

फिल्म ‘प्रेम गीत’ रिलिज पछि निर्देशक थापा र नायक खड्काको सम्बन्ध राम्रो भएन । प्रदीप निर्माता सन्तोष सेनतिर लागेका थिए भने सुदर्शनले पूजालाई लिएर फिल्म बनाए । लामो समयपछि मिडियामा सँगै देखिएका सुदर्शन र प्रदीपले एकसाथ फिल्म गर्ने सम्भावना देखाएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha