फिल्मको छायाँकन सके लगत्तै शिवले सुरु गरे प्रचार

एक्सन किंग शिव श्रेष्ठले बनाएको फिल्म ’एउटा यस्तो प्रेम कहानी’ ले छायांकन सके लगत्तै प्रचार प्रसार सुरु गरेको छ । आउँदो भदौमा रिलिज लक्ष्य राखेको फिल्मको शुक्रबार सम्पन्न राजधानीमा आयोजित ’फेशन शो’ प्रचार गर्यो ।

’स्टार अन दि रेड कार्पेट’ नाम दिइएको शोजमा दु दर्जन बराबर मोडलहरुर्ले याम्प नापे । जहाँ मुख्य आकर्षण बने नेपाली तथा पाकिस्तानी फिल्मका स्टार अभिनेता शिव श्रेष्ठ । शिवको आगमनसँगै सिट्ठी र ताली बज्यो, ’शो’ को उद्घाटन पनि भयो । ’प्रोमोशनल इभेन्ट अफ एउटा यस्तो प्रेम कहानी’ सव टाइटलमा सम्पन्न शोज फिस्टेल मुभिजको आयोजनामा सम्पन्न भएको थियो । जहाँ अमितेष कर्णको डिजाइनमा जोर्दोगी बुटिमको तर्फबाट तयार नेपाली संस्कृति झल्काउने, पश्चिमा भेषभुषा, पार्टी कलेक्सनसँगै विश्वकप फुटवल विशेष कलेक्सनमा मोडलहरुर्ले याम्प नापेका थिए ।

अग्र पङ्गतीका कलाकार उपस्थित हुन नसक्दा अभिनेता नरेन खड्का, अभिनेत्री रेखा फागो, बिष्णु चेमजोङ र बाल कलाकार संवेग दर्शनधारीले फिल्मको तर्फबाट प्रस्तुति दिँदा गायक विश्व नेपाली, अस्मिता परियार, बिष्णु चेमजोङ, प्रज्वल नेपाली, राहुल नेपाली, रुशि नेपालीले उपस्थित दर्शकलाई गायनसँगै नृत्यको माध्यमबाट मनोरञ्जन प्रदान गरेका थिए ।

फिल्म ’एउटा यस्तो प्रेम कहानी’लाई दिपेश सापकोटाले निर्देशन गरेका छन् । फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, बर्षा राउत, सञ्जोग कोईराला, शक्ति श्रेष्ठ, नरेन खड्का, कविता मानन्धर, रेखा फागो, सुष्मा कार्की, बसुन्धरा भुषाल, किरण केसी, मिथिला शर्मा, ध्रुब कोईराला, बिष्णु चेमजोङ, लगायत लिड अभिनयमा छन् ।

फिस्टेल मुभिज र ट्रि इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको फिल्मको कथा शिव श्रेष्ठको छ । फिल्मको निर्मातामा शिव श्रेष्ठ, दिनेश दर्शनधारी र यशोदा रआई छन् भने सह निर्मातामा सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापा, सुजन गौतम, खुम तामाङ र तारा तुलाधर छन् । सुशन प्रजापतिले फिल्म खिचेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha