‘रोमियो एण्ड मुना’ नेपाल र अमेरिकामा एकसाथ रिलिज

विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘रोमियो एण्ड मुना’ साउन ११ मा नेपालसँगै अमेरिकामा पनि एकसाथ रिलिज हुने भएको छ । त्यहाँँको नाम्लो ईभेन्टले अमेरिकाको न्युयोर्क, बाल्टिमोर, डालस लगायत शहरमा ‘रोमियो एण्ड मुना’लाई रिलिज गर्न लागेको हो ।

नाम्लोका विक्रान्तमान श्रेष्ठले ‘रोमियो एण्ड मुना’को अमेरिका राइट्स लिएका छन् । फिल्मको अमेरिका राइट्स १५ लाख रुपैयाँ रहेको निर्माता प्रशन्न गोपाली बताउँछन् । अमेरिकासँगै युरोपका इटाली र जर्मनमा पनि फिल्म बिक्री भएको निर्माता गोपालीको भनाई छ । ‘युके, जापान र कतारमा पनि कुरा भैरहेको छ’, निर्माता गोपाली भन्छन्, ‘फिल्मको प्रोमो हेरेर उहाँहरु उत्साहित हुनु भएको छ ।’ प्रोमो हेर्नुस् :

नरेश कुमार केसी निर्देशक फिल्म ‘रोमियो एण्ड मुना’को प्रोमो गत बिहिबार रिलिज भएको थियो । जुन प्रोमोलाई दर्शकले रुचाएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha