मुख चुच्चो पार्दै बोल माया की अञ्जली (भिडियो)

केही समय अघि मात्रै प्रकाश सपुतको ‘बोल माया’ बोलको गीतमा अभिनय गरेर दर्शकको मन जितेकी मोडल अञ्जली अधिकारीको तीजको गीतमा छमछमी कम्मर भाँचेको भिडियो सार्वजनिक भएको छ । सम्पूर्ण दर्शकलाई भावुक बनाएकी मोडल अञ्जलीले यसपटक भने दर्शकलाई मनोरञ्जन प्रदान गरेकी छिन् । भिडियो हेर्नुस् :

गायिका एलिना खनालको तीज गीत ‘मुख चुच्चो पार’ बोलको गीतमा मोडल अञ्जलीसँगै सुजन कोइरालाले पनि कम्मर मर्काएका छन् । उनीहरुसँगै कमेडी कलाकार अर्जुन कुँवरको अभिनय रहेको छ । उक्त गीतमा गायिका एलिनासँगै गणेश अधिकारीको पनि आवाज रहेको छ । गणेश अधिकारीको शब्द तथा संगीत रहेको गीतको भिडियोलाइ स्मृति तिमल्सिना गुरुआमाले निर्देशन गरेकी हुन् । सुरेश श्रेष्ठले छायांकन गरेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् ।

हिन्दु नारीहरुको महान चाड तीजमा नारीहरुले ब्रत बस्ने र नाचगान गर्ने परम्परा रही आएको छ यसै चाडलाइ समेटेर थुप्रै तीज गीत हरु बन्ने गर्दछन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha