आर्यन–साम्राज्ञीका ६ आत्मिय तस्बिर

अहिले अलि छायाँमा परे पनि केही अघिसम्म हिरो आर्यन सिग्देलको जगजगी थियो । साम्राज्ञी राज्यलक्ष्मी शाह त यो समयकी हटकेक भइहालिन् । दुई फरक समयका यी दुई प्रिय कलाकार एक साथ देखिएका छन्, ‘कायरा’मा ।

आर्यनलाई आफ्नो बचेको साख फिर्ता ल्याउनु छ । यो फिल्मका उनी अभिनेता मात्र होइनन, निर्माता पनि हुन् । साम्राज्ञीलाई नयाँ हिरो मात्र होइन, आफूभन्दा सिनियर हिरोसँग पनि आफ्नो जोडी जम्छ भनेर प्रमाणित गर्नुछ । अनि, बिर्साउनु छ, ‘तिमीसँग’को असफलताको पीडा । त्यसैले दुवैलाई कायरा उत्तिकै अर्थपूर्ण छ । यही प्रतिक्षित फिल्मको ट्रेलर लञ्च गरियो आइतबार । जहाँ आर्यन र साम्राज्ञी दुवै ‘कुल’ देखिए ।

रातो ह्याट, चस्मा र ग्रिन क्याजुअल हुडीमा सजिएका आर्यन र डबल र्याप वान पिसमा सजिएकी साम्राज्ञी निकै आकर्षक देखिएका थिए । जब उनीहरु नजिकीए फोटोपत्रकारको क्यामेरा सोझिहाल्यो । र, दुवैले बडो ‘कम्फर्ट’ भएर तस्बिर खिचाए । तस्बिर हेर्दा लाग्छ त, उनीहरुबीच १४ वर्षको उमेर अन्तर होला ?

तपाईलाई चाहीं आर्यन–साम्राज्ञीको ‘केमेस्ट्रि’ कस्तो लाग्यो ? हेर्नुस्, यो जोडीका आधा दर्जन आत्मिय तस्बिर । तस्बिर : कुशल घतानी राई

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha