‘उम्लियो भने पोखिन्छ…’ बाट भ्युज बटुल्दै स्वस्तिमा

फिल्म ‘दुई रुपैयाँ’की हिरोइन थिइनन्, स्वस्तिमा खड्का । सिर्फ यस फिल्मको ‘कुटुमा कुटु…’ गीतमा कम्मर मर्काएकी थिइन् । तर चर्चा फिल्मकी मुख्य हिरोइनको भन्दा ज्यादा पाइन । अहिलेसम्म यस गीतले युट्युबमा ६ करोड ५० लाख भ्युज पाइसकेको छ ।  उनै स्वस्तिमालाई फिचरिङ गरिएको नयाँ गीतले फेरि चर्चा बटुलिरहेको छ । गीत हो, ‘उम्लियो भने पोखिन्छ…’ । अनि, फिल्म हो, ‘जय भोले’ । गीत हेर्नुस :

रमाइलो चाहीं फिल्मकी मुख्य हिरोइन पनि स्वस्तिमा नै हुन् । राजनराज सिवाकोटी र मेलिना राईले गाएको गीतमा स्वस्तिमासँगै खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत र राजाराम पौड्याललाई देख्न पाइन्छ ।

अहिलेसम्म गीतको भ्युज १५ लाख नाघिसकेको छ भने केही दिनयता नेपालको युट्युब ट्रेन्डिङमा बसिरहेको छ । यसले स्वस्तिमाको ‘कुटुमा कुटु…’को रेकर्ड ब्रेक गर्ला त ?  अशोक शर्मा निर्देशित कमेडी जनराको जय भोले आउँदो दसैमा रिलिज हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha