चार लिडिङ लेडीका लोभलाग्दो फोटो सेसन

नेपाली फिल्ममा फिमेल फिल्म मेकर्सको सहभागीता उत्साहजन नभएपनि निराशजनक भने छैन् । रेखा थापा, झरना थापा, दिपाश्री निरौलो र श्वेता खड्का जस्ता सेलिव्रेटीले फिल्म निर्माणमा सक्रियता देखाउनुले फिल्म क्षेत्रमा महिला सहभागीताको अवस्था सुखद नै मान्न सकिन्छ ।

यी मध्ये श्वेता खड्का बाहेक रेखा, दिपाश्री र झरनाले फिल्म निर्देशनमा समेत हात बढाएका छन् । नेपालको सर्वाधिक ग्रस कलेक्सन गर्ने दुई वटा फिल्म त दिपाश्री निरौलाले निर्देशन गरेकै छन् । ‘छक्का पञ्जा’ र यसको सिरिजले सर्वाधिक ग्रस कलेक्सन गरेका छन् । दिपा यतिबेला ‘छक्का पञ्जा ३’ को निर्देशनमा व्यस्त छिन् । दिपाको फिल्म दशैंमा लाग्दैछ ।

यस्तै रेखा थापा ‘हिम्मतवाली’ पछि दोश्रो पटक फिल्म निर्देशनमा फर्किएकी छिन्, ‘मालिका’ मार्फत । छायाँकन सकिएको फिल्ममा रेखा र जाजरकोटकी कमला वली मुख्य भूमिकामा प्रस्तुत भएका छन् । ‘मालिका’लाई रेखाले तिहारमा ल्याउँदैछिन् ।

झरना थापा भने यतिबेलो ‘ए मेरो हजुर ३’ को प्रि प्रोडक्सनमा व्यस्त छिन् । युवा स्टार अनमोल केसीलाई साइन गराएकी झरनाले यो फिल्मबाट आफ्नी छोरी सुहानीलाई पनि नायिकाको रुपमा डेव्यु गराउँदैछिन् । हिरोइन बन्ने घोषणासँगै झरनाकी छोरीको चर्चा चल्न सुरु भएको छ ।

यता श्वेता खड्का भने फिल्म निर्देशनमा हात बढाउने मनासयमा छैनन् । बरु उनी अभिनय र फिल्म निर्माणमै फरकपन ल्याउने गरी नयाँ प्रोजेक्टको तयारीमा छिन् । ‘कान्छी’ सफल बनाएकी श्वेता यतिबेला भने माझी बस्ती निर्माण र आफ्नै व्यवसायमा व्यस्त छिन् ।

नेपाली फिल्म क्षेत्रका यी महिला निर्माता तथा निर्देशक गत शनिबार आयोजित सूर्य ईन्टनेशनल अवार्डमा सहभागी थिए । सोही अवसरमा रमाईलो छ का कशुल घतानी राईले चार लिडिङ लेडीका तस्बिरहरु खिचेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha