महिला आश्रमबाट ‘प्रसाद’ को एक्सन कट सुरु

दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘प्रसाद’ को मुर्हूत गरिएको छ । काँडाघारीमा रहेको गान्धी महिला आश्रमबाट सोमवारदेखि फिल्मको मुर्हूतसँगै छायाँकन सुरु गरिएको हो ।

आश्रममा अभिनेता विपिन कार्की, नायिका नम्रता श्रेष्ठ र निर्देशक तथा नायक निश्चल बस्नेतले संयुक्त रुपमा मुर्हूत सट दिए । प्रसाद मा विपिन र नम्रता पती र पत्नीको भूमिकामा छन् भने निश्चलको भूमिका मिडियामा भनिएको छैन ।
मुर्हत कार्यक्रममा निर्देशक राउतले फिल्मको कथा बारे भने, ‘निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य र मान्यता विरुद्धको कथा फिल्मले बोल्छ ।’

सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको ‘प्रसाद’ लाई सुवाष थापा निर्माताको रुपमा रहेका छन् । लेखन सञ्चारकर्मी सुशील पौडेलको रहेको छ । राजेश श्रेष्ठको छायाँकन रहेको फिल्ममा संगीत सुवाष भुसाल र कोशिष क्षेत्रीको रहनेछ । विकास सुवेदी फिल्मका एशोसियट डाइरेक्टर हुन् ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha