‘कायरा’ प्रोमो : कस्तो देखियो आर्यन र साम्राज्ञीको केमेष्ट्रि ?

साउन १८ गतेलाई प्रदर्शन मिति तोक्दै फिल्म कायरा को प्रोमो रिलिज गरिएको छ । कायरा मा नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले पहिलो पटक स्क्रिन सेयर गरेका हुन् । लक्ष्मण रिजाल निर्देशित फिल्मको ट्रेलर यस्तो बनेको छ :

चकलेटी नायक सिग्देल र पछिल्लो पुस्ताकी हिट नायिका साम्राज्ञीको जोडीलाई लिएर ‘कायरा’ को प्रोमो प्रतिक्षित थियो । प्रतिक्षित फिल्मको प्रोमोमा आर्यन क्युट देखिएका छन् भने साम्राज्ञीलाई बोल्ड अवतारमा देख्न सकिन्छ । आर्यन र साम्राज्ञीको जोडी फ्रेस छ । फिलिपिन्समा खिचिएका दृश्य सुन्दर छन् ।

आर्यन र साम्राज्ञीसँगै प्रोमोमा कलाकार शिशिर राणालाई पनि देख्न सकिन्छ । निर्माता तथा कथाकार समेत रहेका आर्यनले कायरा म्युजिकल लभ स्टोरी फिल्म रहेको आइतबार आयोजना गरिएको प्रेसमिटमा बताए । प्रेसमिटको भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha