सलोनको कलरफुल ‘बाबु कान्छा’ प्रोमो रिलिज

सोभित बस्नेतको निर्देशन रहेको फिल्म ‘बाबु कान्छा’को प्रोमो रिलिज भएको छ । कमेडी, प्रेम, रोमान्स, सस्पेन्सले भरपुर प्रोमोमा सलोनको बिगतलाई पनि जोडिएको छ । फिल्म ‘नेपाली बाबु’मा अभिनय गरेपश्चात बालकलाकारको रुपमा सलोनले चौतर्फी प्रसंसा कमाएका थिए ।

हेर्नुस प्रोमो:-

असार २९ मा रिलिज फिल्ममा सलोन बस्नेत  नीर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संगौला , करिष्मा श्रेष्ठ,ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । फिल्ममा निर्देशक बस्नेतकै निर्माण र लेखन पनि छ ।

फिल्मका कार्यकारी निर्माता रवि अधिकारी हुन् भने सहनिर्मातामा सन्तोष राज भण्डारी र सुरज घिमिरे रहेका छन् । ‘बाबु कान्छा’मा बाबु श्रेष्ठ, कृष्ण श्रेष्ठको छायाँकन , रामजी लामिछाने, दिपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन, गौतमराज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha