‘प्रसाद’मा नम्रताको नक्कली कपाल !

दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘प्रसाद’को सोमबार काँडाघारीस्थित महिला आश्रममा शुभमुर्हुत गरियो । जसमा विपिन कार्कीको पत्नीको भूमिकामा देखिदैछिन्, नम्रता श्रेष्ठ । मुर्हुतमा नम्रता साबिक झैं लामो कपालमा देखा परिन् । तर महिना दिन अगाडी ‘जायरा’को प्रेसमिटमा ब्याइजकटमा उपस्थित भएकी थिइन् । अर्थात उनको कपाल छोटो थियो ।

‘जायरा’मा मार्सल आर्ट प्लेयरको भूमिका रहेकाले कपाल काटेकी थिइन् । त्यसैले शंकै रहेन, ‘प्रसाद’मा देखिएको उनको कपाल नक्कली हो । किनभने, एक महिनामा प्राकृतिक रुपमा यति कपाल त बढ्दैन नै । त्यसो त कपाल नक्कली हुँदैमा फिल्मलाई खास फरक पर्ने होइन । पर्दामा देख्दा दर्शकलाई सक्कली लागे भइहाल्यो । तर नक्कली कपाल नम्रतालाई कतिको म्याच गर्छ ? हेर्न बाँकी छ ।

‘प्रसाद’ किन पनि प्रतिक्षित छ भने ‘नोभेम्बर रेन’ ‘क्लासिक’ र ‘पर्व’पछि चौथो पटक नम्रता निर्देशक राउतसँग काम गर्दैछिन् । व्यापार औसत रहे पनि ‘क्लासिक’बाट नम्रताले झन्डै एक दर्जन अवार्ड चुमिन । ‘पर्व’ खास फलदायी हुन सकेन । ‘प्रसाद’बाट नम्रताले ‘क्लासिक’ झैं वाहवाही कमाउलिन त ? चासोको साथ हेरिएको छ । सोही कारण नम्रता मात्र होइन, निर्देशन राउतका लागि पनि चुनौतीपूर्ण छ यस फिल्म ।

‘प्रसाद’मा विपिन र नम्रतासँगै निश्चल बस्नेतलाई पनि देख्न पाइने छ । पत्रकार सुशील पौड्यालद्वारा लिखित यस फिल्मले निःसन्तानका कारण पति–पत्निबीच उत्पन्न हुने असमझदारी, अविश्वास र मानसिक द्वन्द्वको कथा भन्ने छ । सुवास थापा फिल्मका निर्माता हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha