‘चि मुसी चि’ को पाँच अडियो गीत रिलिज

‘चि मुसी चि’को अडियो जुकबक्स रिलीज भएको छ । साउन ११ गतेदेखि प्रदर्शन हुने यो फिल्ममा पाँचवटा गीत रहेका छन् । जुकबक्समा पाँच वटै गीत सोमवार यूट्युब मार्फत उक्त गीत रिलीज गरिएको हो । ‘आउ आज’, ‘चि मुसी चि’, ‘सानो सानो कुरा’, ‘तिमीले माग्छौ भने’ र ‘हाँस्दा हाँस्दै’ बोलका गीत चलचित्रमा समावेश गरिएको छ । अडियो सुन्नुस् :

‘चि मुसी चि’ गीतमा सन्तोष पोखरेलका शब्द तथा करण राज कार्कीको संगीत र सुजाता पाण्डेको स्वर रहेको छ । ‘सानो सानो कुरा’ गीतमा सुरज अधिकारीको शब्द(संगीत तथा तारा प्रकाश लिम्बुको स्वर छ । ‘तिमीले माग्छौ भने’ बोलको गीतमा सुरज अधिकारीकै शब्द तथा संगीत छ भने अञ्जु पन्त र यूवराज चौलागाईँको स्वर रहेको छ । ‘आउ आज’ गीतमा शब्द तथा संगीत सुरज अधिकारीको रहेको छ भने अलमोडाले स्वर दिएका छन् । ‘हाँस्दा हाँस्दै’ गीतमा रेगन क्षेत्रीको शब्द(संगीत तथा शारिका घिमिरेको स्वर रहेको छ । यि मध्ये ‘चि मुसी चि’ र ‘तिमीले माग्छौ भने’ बोलका गीतको भिडियो यसअघि नै सार्वजनिक भईसकेका छन् ।

म्युजिकल थ्रिलर जनरामा निर्मित यस चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha