करिश्मालाई साथ लिएर प्रचारमा जुटे ‘बाबु कान्छा’

यसै साता ट्रेलर सार्वजनिक गरेको फिल्म ‘बाबु कान्छा’ ले प्रमोशन सुरु गरेको छ । प्रमोशनको पहिलो दिन निर्माण युनिटले राजधानीका हिमालयन र क्यारिबियन दुई कलेजमा गएर फिल्मको प्रमोसन गरेका छन । यात्रा छायाँकनबाट फर्किएर सलोन बाबु कान्छाको प्रचारमा सहभागी भएका हुन् । फिल्म यही असार २९ देखि प्रदर्शनमा आउँदैछ ।

शोभित बस्नेतले निर्देशन गरेको फिल्म बाबु कान्छा मा सलोन शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । सलोनको फिल्मलाई हेर्न राजधानीका विद्यार्थीहरुले उत्साहित भएको पिता बस्नेत बताउँछन् । राजधानी पछि मोफसलमा पनि हामी फिल्म प्रचारमा जान्छौं, शोभित भन्छन् ।

कलेज जीवनमा हुने विभिन्न उतार चढावलाई मुख्य विषय बनाएर बनेको फिल्म लभ स्टोरी, कमेडी र एक्सनले भरिपूर्ण रहेको निर्देशक बस्नेतको भनाई छ । होस्टल, ए मेरो हजुर २, गाजलु जस्ता सफल फिल्ममा सह नायक भएर मन जितेका सलोन बाबु कान्छामा शिर्ष भूमिकामा प्रस्तुत भएका हुन् ।

‘बाबु कान्छा’ मा सलोनसँगै करिष्मा श्रेष्ठ, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ तथा बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । यही फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha