अनमोल केसी बने ’क्याप्स’ ब्राण्डका एम्वेस्डर

युवा स्टार अनमोल केसी ’क्याप्स’ ब्राण्ड लुगाको ब्रान्ड एम्वेस्डर बनेका छन् । जसमा उनले महंगो पारिश्रमिक लिएको जानकारी छ । १ बर्षको सम्झौतामा अनमोलले उक्त ब्रान्डबाट अनमोलले १५ लाख बढी पारिश्रमिक बुझेको बताइन्छ ।

पछिल्लो समय अनमोलले एउटा फिल्म खेले वापत पचास लाख सम्म पारिश्रमिक लिएको चर्चा छ । उसो त पछिल्ला युवा स्टारमा अनमोलको पारिश्रमिक उच्च छ । क्याप्स ब्रान्डबाट पनि अनमोलले उच्च लिएको आँकलन छ । यद्पी अनमोलले सामाजिक सेवाको लागि बिना पारिश्रमिक लाइभ कन्सर्ट दिदैंछन् ।

अनमोल यतिबेला ’क्याप्टेन’ फिल्मको सुटिङमा व्यस्त छन् । सुटिङ सेटमै पुगेर शनिबार ’क्याप्स’ ब्राण्डको तर्फबाट गौतम बैश्य र अनमोलबिच सम्झौता भएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha