अनिल र ऐश्वर्यको ‘फन्ने खान’ टिजर रिलिज

बलिउड फिल्म ‘फन्ने खान’को टिजर रिलिज भएको छ । टिजरमा अनिल कपूर , ऐश्वर्य राई बच्चन र राजकुम्मार रावलाई हाइलाइट गरिएको छ । सन् २००० को ‘हमरा दिल आपके पास हे’ पश्चात ऐश्वर्य र अनिल सँगै फिल्ममा देखिन लागेका हुन् ।

उता ऐश्वर्यको कमब्याक पश्चात यो चौथों फिल्म हो । कमब्याक फिल्म ‘जज्बा’सँगै ‘सरबजित’ र ‘ए दिल हे मुस्किल’ले बक्स अफिसमा राम्रो व्यापार गरेका थिए । अतुल मंज्रेकर निर्देशित ‘फन्ने खान’ ३ अगस्तमा रिलिज हुँदैछ । यो बलिउडको प्रतिक्षित मध्येको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha