जब माग्ने बुढाले बोलाइ बोलाइ फोटो खिचाए…

माग्ने बुढा उर्फ केदार घिमिरे जहाँ पुग्छन् त्यहाँ रमाईलो माहोल बनाउँछन् । गत शनिबार होटल र्याडिसन आयोजित सूर्य ईन्टरनेशनल अवार्डको प्रमाण पत्र वितरण समारोहमा पनि माग्ने बुढाले रमाईलो महोल सृजना गरे । कसरी त ?

कार्यक्रममा कलाकार आउनेक्रम जारी थियो । केदार लगायत केही कलाकार भने कार्यक्रम स्थलमा पुगि सकेका थिए । सबै कलाकार नआएकाले कार्यक्रम सुरु हुन ढिला हुने देखियो । कसरी समय कटाउने त ? क्यामेरापर्सन क्लिक क्लिक र कलाकार पोज दिन थाले । यसको सही सदुपयोग गरे, माग्ने बुढाले ।

उनले आफुले त पोज दिए दिए, त्यहाँ उपस्थित भए भरका कलाकारलाई पनि आफुसँग पोज दिन लगाए । नायक प्रदीप खड्का, नायिका श्वेता खड्का, कलाकारहरु सन्दीप क्षेत्री, बसुन्धरा भूषाल, बुद्धि तामांग लगायतलाई बोलाउँदै केदारले फोटो खिचाए । नेपाली पोशाकमा ठाँटिएका माग्नेको यो व्यवहारलाई देखेर सन्दिपले भनिहाले, ‘हेर माग्नेको फोटो क्रेज !’

माग्ने बुढाको फोटो क्रेज भए जस्तै उनको पनि दर्शकमाझ राम्रो क्रेज छ । ‘छक्का पञ्जा ३’ को छायाँकन गरिरहेका माग्ने बुढाले खेलेको फिल्म ‘राम कहानी’ भदौ २२ देखि प्रदर्शनमा आउँदैछ । सुदर्शन थापाको निर्माण तथा निर्देशन रहेको फिल्ममा उनले पारिश्रमिक दश लाख लिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha