रेखा-दिपा : कहिले दुश्मनी, कहिले दोस्ती (फोटो फिचर)

भिडियो हेर्नुस :

रेखा थापा र दीपाश्री निरौला रजतपटको चर्चित र सम्मानित नाम हो । रेखाको छवि त हिरोकै छ । उनी अभिनय, फिल्म निर्माण र निर्देशनमा समेत उत्तिकै सफल छिन् । उनका बोल्ड व्यवहार र अभिव्यक्तिले अक्सर बजार तताइरहन्छ । उता, दीपाश्री पनि हटकेक भइहालिन् ।

रेडियो कार्यक्रम रामविलास धनियाँ, टेलिसिरियल तीतो–सत्यदेखी फिल्मसम्म आइपुग्दा दीपाश्रीको लोकप्रियता झनझन् फराकिलो हुँदैछ । नेपाली फिल्म इतिहासमा सर्वाधिक कमाई गर्ने दुई फिल्म ‘छक्का–पञ्जा’ र ‘छक्का–पञ्जा २’ को निर्देशक पनि दीपाश्री नै हुन् । यसरी सफलताको शिखर चुमेका रेखा र दीपाश्रीबीच केही समय अघि वाकयुद्धको अवस्था आयो ।

‘छक्का–पञ्जा २’ रिलिज पश्चात दीपाश्रीको टिमलाई रेखाले ‘जोकर’ को पगरी गुथाइदिन् । जोकर आफैंमा गलत शब्दावली होइन । धेरै जोक गर्ने र हँसाउने व्यक्तिलाई खास अर्थमा जोकर भनिन्छ । तरपनि बैनी भनिएकी रेखाले जोकर भन्दै अर्काको स्टाटसमा कमेन्ट लेख्दा दिदी दीपाश्रीको चित्त दुख्ने नै भयो । तरपनि दिपाले धन्यवाद भन्दै रेखालाई जवाफ फर्काइन् । यो घटनाले रेखा र दिपाबिचको दोस्ती दुश्मनीमा बदलिएको धेरैले आँकलन गरे ।

त्यो घटना यता रेखा र दीपाश्री सार्वजनिक रुपमा एकसाथ देखिएका थिएनन् । धेरैको अड्कल थियो, उनीहरुको दुश्मनीले गहिरो रुप लिदैंछ । सम्बन्धमा अझ दरार आउनेछ । तर यी सब अनुमान फेल खाएका छन् । गत शनिबार राजधानीको ¥याडिसन होटलमा आयोजना गरिएको सुर्य इन्टरनेशनल अर्वाडको मनोनयन इभेन्टमा उनीहरुबीच बोलचाल मात्र भएन, विगतमा झैं दोस्ती प्रगाढ भएको पनि देखियो । उनीहरु सँगै बसेनन् मात्रै, हाँसीमजाक पनि गरे ।

रमाइलो छसँगको अन्तवार्तामा दुवैले खुलेर कुराकानी गरे । दीपाश्रीले रेखाको ‘मालिका’ लाई शुभकामना दिइन, अनि रेखाले ‘छक्का–पञ्जा ३’ लाई । कहिले दुश्मनी त कहिले दोस्ती बढाउने यिनै रेखा र दीपाका हेर्नुस रमाईलो छ का कुशल घतानी राईले खिचेका केही रमाईला तस्बिरहरु यस्ता छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha