दिपा र उषा बने ‘सेरोमनी ब्यूटी पार्लर’ का पाहुना

ब्यूटिसियन मीना न्यौपानेले सञ्चालनमा ल्याएको ’सेरोमनी ब्यूटी पार्लर’ ले मनाएको आफ्नो १६ औँ बार्षिकोत्सवमा नायिका, निर्देशक तथा निर्मात्री दिपाश्री निरौलादेखि पुर्व मिस नेपाल उषा खड्गीसम्म उपस्थित भएका छन् । जावलाखेलमा रहेको उक्त पार्लरले असार १२ गते १६ औं उत्सव मनाउँदा यी सुन्दरीहरुको भेला भएका हुन् ।

पार्लरको बार्षिकोत्सव कार्यक्रममा दीपा र उषासँगै नायिका तथा संचारकर्मी कृति भट्टराई, गायक तथा कलाकार यमन श्रेष्ठ लगायत उपस्थित थिए । संयूक्त रुपमा केक काट्दै दीपाश्रीले आफूले उद्घाटन गरेको पार्लरको प्रगति देखेर खुसी भएको बताइन् ।

उनी भन्छिन् ’म सुन्दर देखिन थालेको १६ वर्ष भएछ जबदेखि सेरोमनी ब्युटी पार्लर खुल्यो । यो हामी सबैको पार्लर हो । भोलीका दिनमा पनि यसको प्रगतिको कामना गर्छु ।’ उनी निर्दे्शित नयाँ फिल्म ’छक्का पञ्जा ३’ दशैंको फूलपातीबाट प्रदर्शनमा आउँदैछ ।

यस्तै, पूर्व मिस नेपाल खड्गीले सञ्चालिका मीनासहित ’सेरोमनी ब्युटी पार्लर’ को टिमलाई बधाई दिँदै भविष्यमा यसको गुणात्मक प्रभावको कामना गरिन् । पार्लरकी सञ्चालिका मीना न्यौपाने ग्राहकलाई सहुलियत सेवा प्रदान गर्न कहिले पछाडि नहट्ने बताउँछिन् । पार्लरको वार्षिक उत्सवमा दिपा र उषा लगायतले सेल्फी खिच्दै रमाईलो गरे ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha