निराजन र सिम्रानबिच माया झल्कियो (भिडियो)

काठमाडौं : पछिल्लो समयक एकदमै रुचाइएकी गायिका मेलिना राई र व्यस्त संगीतकार तथा गायक ताराप्रकाश लिम्बुको स्वरमा नयाँ गीत रिलिज भएको छ। मंगलबार युट्युबमार्फत ‘निश्चल हिमाल झै’ बोलको गीत सार्वजनिक गरिएको हो । भिडियो :

सार्वजनिक उक्त गीतमा ताराप्रकाशकै संगीत रहेको छ भने दीपेन्द्र थाम्सुहाङले शब्द दिएका छन्। भुपेन्द्र तुन्वाहाङ्फे निर्देशित भिडियोमा निराजन प्रधान र सिम्रान श्रेष्ठ फिचरिङ छन्। निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोमा निराजन र सिम्रानको जोडी मिलेको देखिन्छ।

भिडियोलाई निर्देशक भुपेन्द्रले नै खिचेका छन् भने नागिन धिमालले ड्रेन चलाएका छन्। भिडियोलाई टेकेन्द्र शाहले सम्पालन गरेका छन्।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha