‘मायाङ्क’ मा प्रशान्त र ज्योत्सना, नयाँ नायक को हुन् ?

लभ स्टोरी जनराको फिल्म ‘मायाङ्क’ निर्माणको घोषणा गरिएको छ । बुधबार प्रेसमिट गर्दै कलाकार तथा प्राविधिक सार्वजनिक गर्दै फिल्म बारे जानकारी गराइएको हो ।

रोमी मानन्धरले निर्देशन गर्ने ’मायाङ्क’ मा प्रशान्त ताम्राकार, सुशिल उप्रेती र ज्योत्सना योगीको अभिनय रहनेछ । यी सँगै अर्की एक नायिकाले फिल्ममा अभिनय गर्नेछिन् तर उनको नाम प्रेसमिटमा खुलाइएन । निर्देशक मानन्धरले फिल्म मिठो प्रेम कथामा बन्ने विश्वास दिलाइन् ।

ऐश्वर्य बाट हिट भएका अभिनेता प्रशान्त ताम्राकारले ’मायाङ्क’ मा अन्य फिल्ममा भन्दा भिन्न भूमिका रहेको बताए । यसमा फरक भूमिका गर्ने प्रयास गरेको छु, प्रशान्तले भने । ’मायाङ्क’ मैंले खोजेको जस्तो फिल्म हो, म त तिम्रै हुँ डेव्यु ज्योत्सनाले भनिन् ।

यसै फिल्मका लागि विगत डेढ बर्षदेखी आफुले मिहेनत गरेको नव नायक शुसिल उप्रेतीले बताए । उप्रेतीले ओस्कार कलेजबाट अभिनयमा ब्याचलर गरेका छन भने ’लुट’ र ’लुट २’ छोटो रोल गरेका छन ।

फिल्ममा जितेन्द्र खतिवडाको सोलो लगानी रहनेछ । भदौको पहिलो साताबाट छायांकन सुरु गरेर माघमा रिलीज गर्ने उनको लक्ष्य छ । फिल्मलाई प्याराडाइज पिक्चर्स र माईन्डस्क्रिन फिल्म्सको ब्यानरले बनाउन लागेको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha