पारिश्रमिकमा नम्रताले साम्राज्ञीलाई उछिनिन् तर यो होड कहिलेसम्म ?

नायक आर्यन सिग्देलको ‘कायरा’मा अहिलेकी हटकेक नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले दश लाख रुपियाँ लिइन । यो पारिश्रमिकले उनलाई सर्वाधिक महंगो हिरोइनका रुपमा स्थापित गरायो ।

तर, नायिका नम्रता श्रेष्ठले साम्राज्ञीलाई उछिनेको खबर छ । फिल्म वृत्तमा छाएको चर्चा अनुसार नम्रताले ‘प्रसाद’बाट १५ लाख पारिश्रमिक पाएकी छिन् । भन्नै परेन, यो रकम ‘कायरा’बाट साम्राज्ञीले पाए भन्दा पाँच लाख बढी हो । दिनेश राउतको निर्देशन र सुभाष थापाको निर्माण रहेको ‘प्रसाद’मा कलाकारको पारिश्रमिकमा मात्रै ५५ लाख सकिएको बताइन्छ । हुन त नायक अनमोल केसीले मिलन चाम्स र सुदीप खड्काले बनाउने फिल्म ‘ब्याच्लर बन्टी’मा सेयर सहित पचास लाख लिएर फिल्म बजार तताइसकेका छन् ।

पछिल्लो समय कलाकारबीच महंगो पारिश्रमिक बुझ्ने होडबाजी देखिन्छ । एक समय नायक आर्यन सिग्देलले दश लाख पारिश्रमिक लिंदा धेरै पैसा लियो भनेर आलोचना हुने गर्दथ्यो । तर पछिल्लो समय स्टार कलाकारले दश लाख लिनु सामान्य हुन थालेको छ । उल्लेखनीय तथ्य चाहीं महंगा भनिएका सबै स्टारको फिल्मले दर्शकलाई हलसम्म आकर्षण गर्न सकिरहेका छैनन् । जस्तो : नम्रताकै कुनै फिल्म सुपरहिट भएको छैन । विपिन कार्की अभिनीत पछिल्लो फिल्म ‘हरि’ पनि फ्लप भयो । अनमोल केसीकै ‘कृ’ले निर्मातालाई नाफा दिन सकेन । ‘लिलीबिली’को हालत पनि खास फरक छैन । साम्राज्ञीको ‘तिमी सँग’ले पनि बक्सअफिसमा गतिलो प्रदर्शन गर्न सकेन ।

हुन त, निर्माता र कलाकारको आपसी समझदारीमा पारिश्रमिक लेनदेन हुँदा टाउको दुखाइरहनु नपर्ला । तर यसरी कलाकार र फिल्मको व्यापारको तादम्यता नमिल्दा अहिलेको पारिश्रमिक दर दिगो र टिकाउ होला त ? सोच्नु पर्ने बेला आएको छ । एक निर्माता भन्छन्, ‘पटके निर्माताले भाउमा मनोमानी गर्दा नियमित फिल्म बनाउने निर्मातालाई संकट पर्न थालेको छ । तर यो प्रवृति लामो समय टिक्न मुस्किल छ ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha