‘यात्रा’ नटुंगिदा ‘ब्रेकअप’बाट सलोनले ब्रेकअप लिए

‘बाबु कान्छा’ अर्थात् नायक सलोन बस्नेतले फिल्म ‘ब्रेकअप’ बाट ब्रेकअप लिएका छन् । अर्को फिल्म यात्राको छायाँकन नसकिदा ब्रेकअपबाट हात झिकेको सलोनले बताउँछन् । छन् ।

‘बैशाखदेखि ब्रेकअप सुरु गर्ने कुरा थियो । जेठदेखि यात्रामा व्यस्त हुन्छु भनेको थिएँ’, ‘बाबु कान्छा’ को प्रचारमा लागि परेका सलोन भन्छन्, ‘अब बैशाखमा ब्रेकअपमा सुटिंग भएन । अहिले म यात्रामा व्यस्त छु । त्यसकारण हेमराज र रोहित दाइसँग छलफल गरेरै ब्रेकअप नगर्ने भएको हुँ ।’ सलोनले हात झिकेपछि उनको ठाउँमा अष्ट्रेलियाकै कुनै कलाकारलाई खेलाउने बुझिएको छ । ‘ब्रेकअप’ टिम यसै साता मात्रै छायाँकनको लागि अष्ट्रेलिया उडेको छ । हेमराज विसीले निर्देशन गर्ने फिल्मलाई रोहित अधिकारीले निर्माण गर्दैछन् । आशिरमान देशराजको मुख्य भूमिका रहेको फिल्ममा दुई जना नव नायिका छन् । ‘बाबु कान्छा’ प्रोमो : 

यता फिल्म ‘यात्रा’मा नायक सलिनमा बनियाँको मुख्य भूमिका छ । फिल्ममा सलोनको पनि महत्वपूर्ण भूमिका छ । केशव भट्टराईले निर्माण गर्दै गरेको फिल्मको छायाँकन चलिरहेको छ । यही असार २९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बाबु कान्छा’ को प्रचार सकेर सलोन यात्राको छायाँकनमा जानेछन् ।

निर्देशक शोभित बस्नेतका छोरा सलोनले सानो उमेरदेखि नै अभिनय गर्न थालेका हुन् । युवा अवस्थामा उनले अभिनय गरेका ‘होस्टेल’, ‘गाजलु’, ‘ए मेरो हजुर २’ लगायत फिल्महरु हिट छन् भने दर्शकले उनको अभिनयलाई रुचाइ रहेका छन् । सह नायक सलोनलाई उच्च पारिश्रमिक दिएर निर्माता र निर्देशक आफ्नो फिल्म खेलाउन तयार देखिन्छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha