मल्टिप्लेक्समा ‘सञ्जु’ को अन्यौल, नलागे घाटा धेरैलाई

बलिउडको बहुप्रतिक्षित फिल्म ‘सञ्जु’ नेपालका मल्टिप्लेक्स हलमा प्रदर्शनलाई लिएर लफडा सुरु भएको छ । सञ्जुको नेपाल वितरण अधिकार लिएका चौधरी ग्रुप र गोपिकृष्ण मुभिजले विक डे मा दर्शकले टिकटमा पाउने सहुलियत कटौती गर्न भनेपछि क्युएफक्स, बिग र एफक्युवले सञ्जु लगाउने निर्णय गरिसकेका छैनन् ।

वितरक र मल्टिप्लेक्स सञ्चालकबिच सहमती हुन नसक्दा बिहिबारसम्म अनलाइन टिकट खुला गरिएको छैन् । जबकी प्रतिक्षित फिल्मको टिकट बुधबार नै खुला गरिन्थ्यो । बिहिबार साँझसम्म दुई पक्षबिच सम्झौता हुने विश्वास गरिएको छ । यद्पी धेरै सेयर आउने क्युएफएक्स दर्शकले पाउँदै आएको सहुलियत कटाएर ‘सञ्जु’ लगाउने पक्षमा देखिएको छैन् । आशा गरौं बिहिबार साँझम्म सहमती हुनेछ । ‘रेश ३’ मा पनि वितरक र मल्टिप्लेक्स सञ्चालक बिच यस्तै लफडा भएको थियो ।

दर्शकले ‘सञ्जु’लाई क्युज, गोपिकृष्ण, अष्टनारायण लगाउत देशका एकल पर्दामा हेर्न सक्नेछन् । सञ्जय दत्तको बायोपिक फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरेको हुन् । फिल्ममा रनवीर कपुरको शिर्ष भूमिका छ । रनवीर कपुर स्टारर ‘सञ्जु’ मल्टिप्लेक्समा रिलिज नभएको खण्डमा मर्का भने धेरै पक्षलाई पर्ने देखिन्छ । विरतक, मल्टिप्लेक्स सञ्चालक र नेपाली निर्मातालाई सञ्जु नलाग्दा घाटा पुग्नेछ । कसरी त रु

‘सञ्जु’ रिलिजको छेको पारेर मल्टिप्लेक्समा थुप्रै नेपाली फिल्मको ट्रेलर र टिजर गरिदैंछ । साउनको ‘रोमियो एण्ड मुना’देखि दशैंमा आउने ‘जय भोले’ गरी एक दर्जन बढी निर्माताले पैसा तिररे मल्टिप्लेक्समा पैसा बुझाइ सकेका छन् । ‘सञ्जु’ नलागेको खण्डमा नेपाली फिल्मका प्रोमो तथा टिजर हेर्ने दर्शकको संख्या शून्य जस्तै हुनेछ । यसले फिल्मको प्रचारमा प्रत्यक्ष प्रभाव पर्नेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha