‘ईन्टु मिन्टु लण्डनमा’को कलरफूल टिजर रिलिज

कोरियोग्राफर रेनशा वान्तवा राईको डेव्यु निर्देशन रहेको फिल्म ‘ईन्टु मिन्टु लण्डन’ मा को टिजर रिलिज गरिएको छ । अहिलेकी स्टार नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र चर्चित युट्युवर धिरज मगरको जोडी टिजरमा मिलेको देखिन्छ । टिजर यस्तो छ :

‘ईन्टु मिन्टु लण्डन’ मा को टिजर कलरफूल र फ्रेस लाग्छ । लण्डनको लोकेशन लोभलाग्दा छ । कलाकार र कस्ट्युको कमिनेशन मिलेको छ । फिल्मको छायाँकन नेपाल र युकेमा गरिएको हो । फिल्ममा साम्राज्ञी र धिरजसँगै नायक शारुक ताम्रकार लगायत अन्य कलाकारको अभिनय छ ।

आइकोर फिल्मसको प्रस्तुती रहेको ‘ईन्टु मिन्टु लण्डनमा’ लाई प्रभु शम्शेर जवरा र प्रज्जवल शम्शेर जवरा मिलेर बनाएका हुन् । फिल्म असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ । टिजर रिलिज भएसँगै ‘ईन्टु मिन्टु लण्डनमा’ प्रति दर्शकको चासो बढेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha