‘ब्ल्याक’ प्रोमोमा आकाश र आँचलको प्रेम र विछोड

भदौ १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘ब्ल्याक’ को प्रोमो सार्वजनिक गरिएको छ । प्रदीप श्रेष्ठले निर्देशन गरेको फिल्मको प्रोमो मसालेदार बनाउन खोजिएको छ । प्रोमो हेर्नुस् :

नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माबिचको माया प्रेम, झगडा र वियोगलाई प्रोमोमा ठाउँ देखिएको छ । प्रोमोमा नायक आयुष रिजाललाई भने भिलेनको रुपमा देख्न सकिन्छ । आकाश र आँचलको प्रेममा आयुषले भाँजो हालेको प्रोमोमा देखाइएको छ ।

आश्मा पाण्डले बनाएको फिल्म ब्ल्याक को लेखन मौनता श्रेष्ठको छ । महेश खड्काको संगीत रहेको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी छ । रामशरण उप्रेतीको छायाँकन र अर्जुन जिसीको सम्पादन छ । प्रोमो रिलिज गर्दै ब्ल्याक ले आफ्नो प्रचार प्रसार पनि सुरु गरेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha