‘अब हुलमुलमा फिल्म गर्दिंन’ : आँचल शर्मा

नायिका आँचल शर्माले करिब आधा दर्जन फिल्ममा अभिनय गरेकी छिन् । तर उनको चर्चा धेरै हिट फिल्म दिएकी कुनै नायिकको कम हुने गर्दैन । राम्रो या नराम्रो आँचलको चर्चा बेला बखत भैरहन्छ ।

नायक पल शाहसँगको प्रेम सम्बन्धले होस् या प्रेसमिटमा बोलेका अभिव्यक्ति, आँचलको चर्चा भैरहेका छन् । बिहिबार आयोजना गरिएको फिल्म ‘ब्ल्याक’को प्रेसमिटमा पनि आँचलले चर्चायोग्य अभिव्यक्ति दिइन् । आँचलका अनुसार अब उनी धेरै कलाकार भएका फिल्म नखेल्ने निर्णयमा पुगेकी छन् ।  ब्लकबस्टर मल्टीस्टारर फिल्म ‘शत्रुगते’ खेलेकी आँचलले किन यस्तो निर्णय लिइन् त ?

’धेरै कलाकार हुँदो नोटिस हुन गाह्रो हुँदो रहेछ भन्ने बुझेँ । ब्ल्याकमा म र आकाश प्रमुख भूमिकामा छौं । दर्शकले फिल्म हेर्दा मलाई राम्रोसँग नोटिस गर्नुहुन्छ । यसकारण अब सोलो भूमिका भएमात्र काम गर्ने गर्ने सोच छ ।’ आँचलको भनाई अनुसार अब उनी ‘शत्रुगते’ जस्ता मल्टिस्टारर फिल्ममा काम गर्ने छैनन् ।

तर उनी मह जोडी जस्ता हस्तीसँग काम गर्न पाएकोमा भने खुसी छिन् । भन्छिन्, ‘हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ जस्तो बरिष्ठ व्यक्तिसँग काम गर्न पाएँ त्यो मेरो लागि सानो कुरा होइन । तर अब म हुलमुलका फिल्म गर्दिनँ ।’

उदाउँदै गरेकी एक नायिकाको यस प्रकारको अभिव्यक्तिले फिल्म वृत्तमा नयाँ चर्चा पाएको छ । आँचलले भने जस्तो हो हुलमुलमा नोटिस हुंन गाह्रो हुन्छ । तर आफ्नो प्रतिभा त हुलमुलमा हराउँदै न नि हैन र ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha