फ्राइडे रिलिज : ‘सञ्जु’सँग सविनको ‘ए सोल्टिनी’

यो शुक्रबार एकमात्र नेपाली फिल्म प्रदर्शनमा आएको छ, ‘ए सोल्टिनी’ । बलिउडको बहुप्रतिक्षित फिल्म ‘सञ्जु’ सँगै नायक सविन श्रेष्ठको मुख्य भूमिका रहेको ए सोल्टिनी शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।

निमा तामाङ लामाको निर्देशनमा दिलकुमार घलान तामाङले निर्माण गरेको कमेडी कथानक फिल्ममा सबिनसँगै अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले,बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् । सविनसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

जिम्बा फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्म बिश्वास भण्डारीले खिचेका हुन् । फिल्म निकै रमाइलो बनेकाले दर्शकले मन पराउने बिश्वास निर्माता दिलकुमारको छ । यसअघि थुप्रै तामाङ फिल्म निर्देशन गरेका निमा ए सोल्टिनीले आफूलाई नेपाली फिल्म निर्देशनमा पनि स्थापीत गराउने आशमा छन् । फिल्ममा समाबेश झुमताना झुमतान बोलको गीत चर्चामा छ । पूर्णी तामाङको प्रस्तुति रहेको फिल्मलाई आरआर फिल्मस्ले बितरण गरेको छ ।

यता सञ्जय दत्तको वायोपिक फिल्म ‘सञ्जु’ भने नेपालका मुख्य मुख्य मल्टिप्लेक्समा प्रदर्शन हुन सकेन । फिल्म वितरण कम्पनी र क्युएफएक्स, बिग लगायत मल्टिप्लेक्समा सञ्चालकसँग कुरा नमिल्दा ‘सञ्जु’ रिलिज हुन नसकेको हो । विकेन्डमा दर्शकले पाउँदै आएको टिकट सहुलियमा छुट नहुनु पर्ने वितरको माग पछि मल्टिप्लेक्सवालाले सञ्जु नलगाएका हुन् । राजकुमार हिरानी निर्देशित सञ्जु दर्शकको प्रतिक्षामा रहेको फिल्म हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha