‘चिमुसीचि’को ट्रेलरमा सुनिल र सुशान्तको टकराव

फिल्म ’चि मुसी चि’को ट्रेलर रिलीज भएको छ । थ्रिल ट्रेलरले दर्शकमा फिल्मप्रति कौतुहलता जगाउने निर्माण पक्षले विश्वास लिएको छ । ट्रेलरमा नायकद्वय सुनिल क्षेत्री र शुसान्त कार्कीको टक्कर देखाईएको छ भने नायिका अलिशा शर्माको भूमिका सस्पेन्स छ । निर्देशक दिनेश श्रेष्ठले चि मुसी चि को ट्रेलर यस्तो बनाएका छन् ।

हल जानुअगाडी दर्शकलाई एक प्रकारको कौतुहलता प्रदान गर्न ट्रेलरमा सबै कुरा प्रष्ट नखुलाएको निर्देशक दिनेश श्रेष्ठले बताए । ’सस्पेन्स थ्रिलमा नयाँ स्वादको फिल्म  बनाएका छौँ, ट्रेलरमा जे-जति दृश्य छन् यि दृश्यहरुले त्यसलाई प्रष्ट पारेको छ’ निर्देशक श्रेष्ठले बताए ।

एक अर्कामा हानाथापको नियतले खेलिने खेललाई नेपाली समाजमा ’चि मुसी चि’ भनेर चिन्ने गरिन्छ । यहि आधारमा फिल्मको कथामा पनि केहि त्यस्तै घटना हुनसक्ने अनुमान लगाउन सकिन्छ । त्यो हानाथापको केन्द्रमा नायिका हुन की भन्ने अनुमान ट्रेलरबाट गर्न सकिन्छ । फिल्म चि मुसी चि साउन ११ गतेदेखि रिलिज हुँदैछ । यो यसै फिल्मबाट नायक सुनिल र नायिका अलिशाले डेब्यू गर्दैछन् ।

अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha