किशोरको अंगालोमा बाँधिइन् उमा (कही कतै गीत)

साउन २५ गतेबाट रिलिज हुने ‘कहिँ कतै’ को नयाँ गीत ’यो मौसम’ को भिडियो सार्वजनिक गरिएको छ । सचिन सिंहको संगीत रहेको गीतमा थुप्देन भूटिया र मेलिना राईको स्वर रहेको छ । शब्द रचना मनोज राजको हो । निर्मात्री तथा कलाकार उमा बेवी र नायक किशोर खतिवडा फिचरिंग गीतको भिडियो यस प्रकार छ :

कमल राईको कोरियोग्राफी रहेको गीतलाई सिक्कीम वरपरका मनोरम हिमाली दृश्यहरुमा खिचिएको छ । फिल्ममा दिलीप रायमाझी, किशोर खतिवडा तथा निर्मात्री उमा ‘बेबी’ गिरीको साथमा शिवानी गिरी र सोनम बरफुङ्गपाको अभिनय रहेको छ । सिवानी र सोनमले यहि फिल्मबाट डेब्यू गरेका हुन् । कहिँ कतै’ मा शबिर श्रेष्ठको लेखन तथा निर्देशन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha