राता मकैले ‘दाल भात’ बनाउने, निर्देशन छोराले गर्ने

राता मकै उर्फ निर्माता तथा कलाकार किरण केसीले नयाँ फिल्म बनाउने भएका छन् । असार १५ गते आफ्नो ६० औं जन्मदिन पारेर राता मकैले ‘दाल भात’ नामक फिल्म बनाउने घोषणा गरेका हुन् । केसीको ‘दाल भात’लाई आफ्नै छोरा सुदन केसीले निर्देशन गर्नेछन् ।

कमेडी जनराको ‘दाल भात’ मा कलाकार भने पक्का भैनसकेको केसीले बताए । तर फिल्ममा मह जोडी र दिपाश्री निरौलाको साथमा किरण केसीको पनि मुख्य भूमिका रहने बुझिएको छ । फिल्मको छायाँकन भदौबाट सुरु हुनेछ र यसै साल दर्शकमाझ ल्याउने राता मकैको योजना छ । मह सञ्चारसँगको सहकार्यमा केसीले बनाएको ‘शत्रुगते’ ब्लकबस्टर भयो । जसका निर्देशक प्रदीप भट्टराई थिए ।

राता मकैको जन्मदिनमा हाँस्य ब्यङ्ग्य क्षेत्रमा योगदान र्पुयाएको भन्दै कलाकार सन्तोष पन्तलाई र पत्रकार विदुर गिरीलाई सम्मान गरिएको थियो । मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथि रहेको जन्मोत्सव कार्यक्रममा थुप्रै फिल्मकर्मीको उपस्थिति रह्यो ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha