‘वीराङ्गना’मा शिल्पा पोखरेल र अनुप विक्रमको बिहे

असार २९ गतेबाट रिलिज हुने फिल्म ‘वीराङ्गना’मा अनुप विक्रम शाही र शिल्पा पोखरेलको मूख्य भुमिका रहेको छ । यी दुबै शसस्त्र प्रहरीको भुमिका देखिएका छन् । फिल्म भित्र यी दुई विवाह बन्धनमा बाँधिएको फोटो निर्माण टिमले सार्वजनिक गरेको छ । फिल्ममा विवाहको दृश्यले खास अर्थ राख्ने बताइन्छ ।


महिला शसस्त्र प्रहरीको विरतामा आधारित फिल्म ‘वीराङ्गना’ लभस्टोरी एक्शन जनरामा निर्माण गरिएको फिल्म हो । फिल्ममा शिल्पा पोखरेल, अनुप विक्रम शाही, पृथ्वी राज प्रसाई, प्रज्वल गिरी, शुशिल पोखरेल, धु्रव कोईराला, प्रिया रिजाल, धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा, अमृत सापकोटा लगायतको अभिनय रहेको छ ।

राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म वीराङ्गना फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् । फिल्ममा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्धन्द निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायाँकन रहेको छ ।

फिल्मलाई काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले वितरण गर्ने भएका छन् । शिल्पा र पृथ्वीसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha