विनय र श्रृष्टिका रमाईला ६ तस्बिर

डेब्यु फिल्म ‘गाजलु’ रिलिज भएको दुई वर्षपछि बल्ल श्रृष्टि श्रेष्ठको दोस्रो फिल्म आउँदैछ, ‘रोमियो एन्ड मुना’ । उनको अपोजिटमा छन्, विनय श्रेष्ठ । जो अन्तिम पटक तीन वर्ष अघि ‘रेशम फिलिली’मा देखिएका थिए ।  भिडियो हेर्नुस् :

लामो ग्यापमा आउन लागेकाले श्रृष्टि र विनयका लागि ‘रोमियो एन्ड मुना’ निकै अर्थपूर्ण छ । फिल्म साउन ११ गते प्रदर्शन हुँदैछ । सोही कारण निर्माण पक्षले प्रचार प्रसारलाई तिव्रता दिएको छ । प्रमोशनको अग्रभागमा विनय र श्रृष्टि हुने भइहाले । जो व्यक्तिगत जीवनमा पनि उत्तिकै घनिष्ठ हुँदैछन् ।

यही दोस्तीको छनक पाइएको थियो, गत मंगलबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा । नरेशकुमार केसी निर्देशित फिल्ममा उनीहरु प्रेमी प्रेमीकाको भूमिका छन् । भिन्न स्वभाव भए पनि समयक्रममा उनीहरु नजिकिन्छन् र एकअर्कालाई असाध्यै माया गर्छन् ।

‘रिल रोल’ को यही प्रभावका कारण हुनुपर्छ, ‘रियल’ मा पनि यो जोडी असाध्यै सहज र आत्मिय देखिन्छन् । सायद प्रमोशनमा सहयोग पुगोस् भन्ने पनि होला । अन्यथा हामी सबैलाई थाहा भएकै कुरा हो, विनय विवाहित हुन् अनि श्रृष्टि अभिनेता सौगात मल्लसँगको प्रेममा छिन् ।

पुर्वमस नेपाल श्रृष्टि र आधा दर्जन फिल्म खेलिसकेका विनयको ‘रोमियो एन्ड मुना’ ले दर्शकको मन कतिको जित्ने हो, हेर्न बाँकी छ । जे होस् तीन गीत र ट्रेलर रिलिज पश्चात फिल्मले लोभलाग्दो ‘हाइप’ बटुलिरहेको छ । र, फिल्म युनिट प्रमोशनलाई अझ प्रभावकारी बनाउन प्रयासरत छ ।  हेर्नुस्, रमाइलो छ का कुशल घतानी राईले खिचेका विनय र श्रृष्टिका रमाइला तस्बिरहरु । छैन त कुल ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha